0 COMMENTS

 

 काठमाण्डाै २८ असार०७४/ प्रतिबन्धित भारतिय  रुपैया पाँच सय र हजार दरका नाेट सहित मानिस पक्राउ परेका छन ।अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्य र मनसायका साथ नेपाल तथा बिशेष गरी भारतबाट नेपालका विभिन्न नाकाहरूबाट अबैध तरिकाले हाल भारतले प्रतिबन्ध लगाएको रु ५००/ र रु १०००/ का नोटहरू नेपालमा भित्र्याई काठमाडौँ लगायत नेपालका विभिन्न स्थानमा अबैध रुपमा कारोबार गर्ने गीराेह लाइ  प्रहरी प्रधान कार्यालयकेन्द्रीय अनुसन्धान ब्यूरोकाे टाेलीले भारतमा प्रतीबन्ध लगाइएकाे ५००,१००० दरकाे  अबैध नाेट सहीत रंगेहात पक्राउ गरेका छन ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडा देवी गाऊपालिका वडा नं. ८ बस्ने बर्ष ३७ को मान बहादुर लामा र काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्बयम्भु बस्ने बर्ष ३० को अमित डंगोल रहेका छन निजहरूलाइ प्रहरीकाे टाेलीले  अबैध भरतीय रू ५०० दरकाे ३७०० वटा नोटको जम्मा रु. १८,५०,०००/  र   १०००/ दरको ३१०० वटा नोटको जम्मा रु. ३१,००,०००/  गरी जम्मा  रु ४९,५०,०००/- ( उनन्पचास लाख पचास हजार ) सहीत काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. १७ स्थित खुशीबु लिंङ्क रोडबाट पक्राउ गरी अाबश्यक कारवाहीकाेलागि  राजश्‍व अनुसन्धान बिभाग, पुल्चोक ललितपुरमा बुझाईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।