0 COMMENTS

काठमाडौं २८ असार ०७४/नयाँ शक्ति पार्टीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको गेजुवा ग्रुप कम्पनीलाई दिने गरी गरिएको समझ्दारी तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापन पत्रमा अनैतिक, गैरकानूनी, राष्ट्रिय स्वाभिमान विपरीत, प्राविधिक रुपले गलत तथा आर्थिक–सामाजिक दृष्टिकोणबाट मुलुकलाई दीर्घकालीन असर पर्ने गरी उर्जा मन्त्रालयले चीनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको भन्दै तुरुन्त खारेज गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदै तत्कालिन उर्जा मन्त्री जनार्दन शर्मालाई कारावही गर्न पनि डा. भट्टराईले प्रधानमन्त्रीसँग माग गरेका छन् ।‘६० मे.वा.को त्रिशुली ३ ए को कार्य समयमा सम्पन्न नगर्ने, चिलिमे जलविद्युत आयोजनाको निर्माण कार्य गर्न नसकेर ठेक्का तोडी धरौटी रकम जफत गरिएको, ३० मे.वा.को चमेलिया जलविद्युत आयोजना निर्माण गर्न १० वर्षभन्दा बढी समय मात्र लगाएको होइन एक अर्ब १६ करोड करछली जस्तो गैरकानूनी काम गर्ने कम्पनीसँग गैरकानूनी समझदारी गर्ने व्यक्तिहरुलाई नेपालको कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस्, ज्ञापन पत्रमा भनिएको छ ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य तुरुन्त शुरु गर्न पनि माग गरिएका छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।