0 COMMENTS

काठमाडौं २८असार०७४/नेपाललाई पुन हिन्दूराष्ट्र बनाउन शिवसैनीकहरुले आफ्नो रगतको खोला बगाउन परेपनि पछि नहटने चेतावनी दिएको छ । भारतको मुम्बईमा हालै भएको नेपाली शिवसेनाको भेलामा शिवसेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले नेपाल र नेपालीको रक्षार्थ शिवसेना मर्न र मार्न नडराउने बताएका हुन् ।

अध्यक्ष बस्नेतले भेलामा वितरण गरेको वक्तव्यमा ‘मातृभुमिको रक्षार्थ सबै नेपालीहरु अब एक हुनुपर्छ’ भनिएको छ ।न्युमुम्बई स्थित पनवेलमा शिवसेना नेपालले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना सैनिकहरुलाई प्रशिक्षण समेत दिएको थियो ।कार्यक्रममा अध्यक्ष बस्नेतले आफुहरु नेपाल आमाको सन्तान भएकाले आफ्नो आमा र धर्मको रक्षार्थ हतियार उठाएर मार्न र मर्न समेत अब सवै नेपालीहरु तयार रहुनुपर्ने बताए । उनले नेपालीहरुको जन्मसिद्ध पहिचानलाई मेटाउन खोज्ने धर्मका दलालहरुलाई छानि–छानी कारवाही गर्ने चेतावनी पनि दिए । उनले त्यसका लागि शिवसेना नेपाल २४ घन्टा खटिने छ बताए ।राताे पाटी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।