0 COMMENTS

काठमाण्डाै २८असार०७४/ आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर चलाउन रोक लगाएकाे छ ।ट्राफिक जामको समस्या व्यवस्थापनका लागि आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर तथा मिनी ट्रक सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको संयुक्त समझदारी अनुसार बिहान र बेलुका दुई समय गरी ५ घन्टा चक्रपथभित्र ती सवारी सञ्चालनमा रोक लगाइएको हो।

सहमति अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म चक्रपथभित्र  ट्रक, टिपर र मिनी ट्रक चलाउन पाइने छैन। यस्तै साँझ ४ बजेदेखि ७ बजेसम्म पनि ती सवारी सञ्चालनमा रोक लगाइएको छ।

कार्यालय समयमा बाहिर जिल्लाबाट आएका समेत ठूला मालबाहक ट्रकहरु चक्रपथको भित्री रुटमा प्रवेश गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै यस्तो निर्णय लिइएको हो । बाहिरी जिल्लाबाट प्रवेश हुने ठूला मालबाहक सवारीलाई पनि उक्त समयमा प्रवेश रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।