0 COMMENTS

काठमाडौं २८ असार०७४/माओवादी केन्द्रका नेताहरुले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् ।

कतिपय स्थानमा जितिनेमा अति विश्वासका कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरुले जिकिर गरेका छन् ।दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्ययोजनाका विषयमा छलफल गर्न २ साउनमा बोलाइएको सचिवालय बैठककको तयारीका लागि मंगलबार बसेकमो हेडक्वार्टर बैठकमा रिपोर्टिङ गर्दै नेताहरुले यस्तो बताएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।