0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,असार २७ /केही समय अगाडि मात्रै राष्ट्रिय सहासी युवा प्रतिभा पुरुस्कार बाट सम्मानित भएका चित्रकुमार कार्कीले पुनः युवा प्रतिभा पुरुस्कार पाउने भएका छन् । अाठ वर्ष देखिन विभिन्न जनचेतनामूलक नारा सहित उल्टो माेटरसाईकल चलाउदै अाएका कार्कीले नेपालको ७५ जिल्ला तथा भारत भ्रमण समेत गरिसकेको बताएका छन् ।

सामान्यतया आममानिसमा मोटरसाइकल कसरी चलाइन्छ र यसले कसरी काम गर्छ भनेर कौतुहलता हुन्छ। नेपाली समाजको मध्यमवर्गीय परिवारको लोकप्रिय सवारीसाधन पनि मोटारसाइकल नै हो। सवारी दुर्घटनामध्ये सबैभन्दा बढी दुर्घटना हुने जोखिमपूर्ण सवारीसाधनमा पनि मोटरसाइकल नै पर्छ। तपाईं हामीले देखेको र भोगेको सवारीसाधनमध्ये सबैभन्दा बढी दुर्घटना हुने मोटरसाइकलमा उल्टो बसेर चलाउँदा के हुन्छ होला? कल्पना गर्नुहोस् त ! जो कोहीले एकछिन सोच्नै सक्दैन। कल्पनाभन्दा बाहिरको कुरा हुन्छ। तर, त्यही मोटरसाइकलको फरक कथा चित्रकुमार कार्कीसँग छ। पातलो शरीर र ख्याउटे अनुहार भएका चित्रले उल्टो मोटरसाइकल कुदाउँछन् भन्दा पहिलो पटक सुन्नेलाई विश्वास लाग्दैन। तर, सत्य कुरा, चित्रले उल्टो बसेर सुल्टो बसेर जस्तै मोटरसाइकल कुदाउँछन्।

आम मान्छेले चलाउने सुल्टो मोटरसाइकलको गेयर, ब्रेकदेखि सबै पाटपुर्जा उल्टो हुन्छ। तर, चित्रको लागि सुल्टो र उल्टो एकै बन्छ। चित्रले उल्टो बसेर मोटरसाइकल चलाउँदा बाटो पनि देख्छन् र ट्राफिक चिह्न पनि थाहा पाउँछन्। अनि अगाडि पछाडिबाट आएका अन्य सवारीसाधन पनि राम्ररी थाहा पाउँछन्। अहिले चित्र गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत नाम दर्ता गरेका छन्। समाजमा फरक–फरक प्रतिभा व्यक्तिहरु धेरै भेटिन्छन्। तर, संर्घषका कथा बोकेर जीवन जिउने कमै हुन्छन्।

त्यही कमैको संख्यामा चित्रकुमारलाई राख्दा फरक पर्दैन। अहिले ‘विश्व उल्टो मोटरसाइकल यात्रीमा प्रथम हुने अवस्थामासम्म आइपुग्दा चित्रसँग मोटरसाइकलसमेत थिएन। यतिसम्म आइपुग्दा सबैलाई लाग्छ उनी कसरी उल्टो मोटरसाइकल यात्री बन्ने भए अब चाडै विश्व यात्रा समेत तयारी रहेको कार्कीले बताएका छन् । कार्कीको कार्यकाे उच्च मुल्यांकन गर्दै युवा समितिले यात्री कार्कीलाई खाेज अनुसन्धान तथा सिर्जनात्मक कार्यक्षेत्रमा पुरुस्कार दिन लागिएको युवा समितिकाे कार्यालयले जनाएको छ । पुरुस्कार बिहिवार त्रियुगा उच्च माविमा एक समाहराेह विच प्रधान गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।