0 COMMENTS

तुलसीपुर, २७ असार०७४ / तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पुजा घर्तीमगर लाई प्रहरीले पक्राउ गरेको छ ।

अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहले पुजा पक्राउ परेको पुष्टि गरे ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय, दाङको विशेष टोलीले घटनाका मुख्य अभियुक्तहरु तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।

जेठ २६ गते अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो ।

अपहरणपछी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ । अपहरण र हत्यामा संलग्न भएको आरोपमा भर्खरै पक्राउ परेकी पुजालाई प्रहरीले आज बेलुकी ५ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ । राजकुमारलाई पुजाले फोन गरी अपहरण गरेको प्रहरीले दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।