0 COMMENTS

धरान २७असार ०७४/ एमालेको लालकिल्लाको रुपमा परिचित रहेको धरान उपमहानगरपालिकामा फेरि पनि एमालेले नै झण्डा फहराएको छ ।सुनसरी जिल्लाको १२ स्थानीय निकाय मध्ये बाँकी रहेको धरान उपमहानगरपालिकाको साेमबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार धरान उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले जित हासिल गरेको छ ।

उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका तारा सुब्बा र मञ्जु भण्डारीेले नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मत अन्तरल पछि पार्दै विजयी भएका हुन् । अन्तिम परिणाम अनुसार मेयर सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपमेयरकी उमेद्वार कांग्रेसकी नेकपा एमालेकी उपमेयर भण्डारीले २१ ह्जार २ सय ५६ मत ल्याई विजयी हुनुभएको छ भने उहाकी निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उपमेयरकी उमेद्वार श्यामा रेग्मीले १४ हजार ९ सय १७ मत प्राप्त गर्नुभएको छ । मेयरमा सुब्बाले राईलाई ४ हजार ८सय ७३ मत अन्तरको फराकिलो मतान्तरमा विजयी हासिल गर्नुभएको हो भने उपमेयरमा भण्डारीले रेग्मीलाई ६ हजार ३ सय ३९ मतको फराकिलो मत अन्तरले विजयी भएका हुन ।

यसैगरी नेकपा माओवादी गठबन्धनले तेस्रो लिएको छ । माओवादी गठबन्धनका मेयरका उमेद्वार अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत प्राप्त गर्नुभएको छ भने उपमेयरका उमेद्वार पारस काडमाड राईले ५ हजार१ सय ८१ मत प्राप्त गर्नुभएको छ ।मेयर र उपमेयर सहित धरानका अधिकांश वडाहरुमा पनि एमालेकै वर्चश्व कायम गरेको छ । २० वडा मध्ये १४ वडामा एमालेका वडाध्यक्षहरु विजयी भएका छन् ।

यता नेपाली कांग्रेसले ५ वडा र माओवादी केन्द्रले १ वडामा जित हात पारेको छ । एमालले ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९, २० वडामा विजयी भएको छ भने नेपाली कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ । माओवादी केन्द्रले १७ नम्बर वार्डमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।