0 COMMENTS

काठमाण्डाै २७ असार०७४/ आज विहान ४ बजे नगरको भगवतिटोल स्थित आँखासिविर नजिकै अज्ञात समुहले प्रेसर कुकर बम विष्फोट गराएको हो । बम विष्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

बिस्फोटपछि स्थानीय भने त्रसित भएका छन् । सर्बसाधारणहरु बिहान मर्निङ वाकमा निस्कन समेत सकेका छैनन । बिहानै मर्निङ वाकमा निस्केका समेत घर फर्किन सकेका छैनन् ।

आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ । यसकारण नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिहानै सदरमुकाममा बम विष्फोट हुनुले सर्वसाधारण झन त्रसित भएका छन् ।

-अहिले तानसेनका सबै चोक चोकमा प्रहरी खटिएका छन् । बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
-साथै स्थानीयलाई ढुक्क भएर बस्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।