0 COMMENTS

काठमाडौं, असार २७/ नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी ११ रहने भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको दरबन्दी बढाउने निर्णय गरेको हो । आवश्यकताभन्दा पनि भागबन्डा मिलाउन दरबन्दी थपिएको र यसले प्रहरीको ‘चेन अफ कमान्ड’मा समस्या हुने चिन्ता प्रहरी अधिकारीको छ ।

प्रहरी नियमावलीमा एआइजीको दरबन्दी सातवटा हुने उल्लेख छ । तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो । तर, हाल एआइजीका आकांक्षी धेरै हुँदा सरकारले दरबन्दी बढाएको हो ।

सोमबार नै बढुवा सिफारिसको तयारी भए पनि निर्णय भने हुन सकेन । कसलाई एआइजी बनाउने र १ नम्बरमा कसलाई बनाउने विवादमा निर्णय हुन नसकेको स्रोत बताउँछ ।

१ नम्बरमा एआइजी हुन नवराज सिलवाल र जयबहादुर चन्दबीच प्रतिस्पर्धा भएको छ । एआइजीका अन्य दाबेदारमा बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी घिमिरे, कमलसिंह बम, माधव नेपाल, माधव जोशी, विजयलाल कायस्थ, विजय भट्ट, मिङमार लामा, मधु पुडासैनी छन् । त्यस्तै, गृहले डिआइजीमा पनि बढुवाको तयारी थालेको छ ।, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।