0 COMMENTS

काठमाडौं २६ असार ०७४/चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १९ को अन्तिम सुनुवाई आज हुदैछ । सर्वोच्च अदालतले असार २३ गते हेर्न नभ्याएपछि अन्तिम सुनुवाई आजका लागि सारिएको हो ।

भरतपुर १९ मा मत गन्ने क्रममा दलका प्रतिनिधीले ९० ओटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको थियो । तर त्यही वडाका एमालेका खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै गत जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले गत असार ६ गते च्यातिएका मतपत्र सहित आयोगले गरेको अनुसन्धानबारे अन्य कागजात एक साताभित्र झिकाउन आदेश दिएको थियो ।

त्यसपछि असार १३ गते सर्वोच्चले मुद्धाको अन्तिम सुनुवाईका लागि २३ गते तोके पनि न्यायाधीश मिरा खड्का र अनिल कुमार सिन्हाको संयुक्त इजलासले हेर्न नभ्याएपछि आजका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।