0 COMMENTS

काठमाण्डाै २६असार०७४/  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधारको खाँचो रहेको बताउनुभएको छ ।

नेवा जागरण मञ्चको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आवश्यक कानुनी व्यवस्था नहुँद स्थानीय तह विकासका लागि प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न कठिन भएको बताउनुभयो ।

जागरण मञ्चकातर्फबाट अध्यक्ष सुजीव बज्राचार्यले प्रमुख शाक्यलाई बुझाउनुभएको नौ बुँदे ध्यानाकर्षण पत्रमा नेपाल भाषाको संरक्षण तथा प्रवद्र्धन, विभिन्न जात्रा र पर्व सञ्चालन व्यवस्थापन, स्थानीय तहमा नेपाल भाषाको व्यावहारिक प्रयोग, एकीकृत वस्ती र खुल्ला तथा सार्वजनिक स्थानको संरक्षणलगायत विषयलाई समेटिएको छ ।

स्थानीय भाषाको संरक्षण गर्ने काम सजिलो नभएको उल्लेख गर्दै प्रमुख शाक्यले विद्यालयस्तरको पाठ्यक्रममा नेपाल भाषाको अध्यापन गर्ने कामलाई महानगरले प्राथमिकतामा राखेको जानकारी पनि दिनुभयो ।सो अवसरमा नागरिक अगुवा मल्ल के सुन्दरले नेपाल भाषाको कार्यान्वयनमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।