0 COMMENTS

भीमदत्तनगर २५असार०७४/ आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ ।

गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो ।

बमलाई पक्राउ गर्न भारतीय प्रहरीको पनि सहयोग मिलेको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिनुभयो । बालिकालाई निरन्तर रक्तस्राव भएपछि आफन्तले घटनाबारे थाहा पाएका थिए । बालिकालाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ । अभियुक्त बमलाई जबर्जस्ती करणी अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।