0 COMMENTS

काठमाडौं, २५ असार०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ ।पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आइतबार बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी दिनुभएको पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले बताइन् । सरकारमा उचित स्थान पाए मात्र सहभागी हुनुपर्ने सुझाव पनि अधिकांश सदस्यले दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।