0 COMMENTS

काठमाण्डाै२५  असार०७४/ नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिमा बन्द हुने भएको छ । रातिको समयमा जोखिम बढेको भन्दै व्यवस्थापिका संसदको विकास समितिको निर्देशनअनुसार आइतबारदेखि रातिमा सडक बन्द गर्न लागिएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठूला बस, मिनीबस, माइक्रो तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोकिने छ भने बिहान ४ बजे छाडिने छ ।

पोखराबाट आउने सवारीहरुलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौंबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने जनाइएको छ । ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र विहान ५ बजे छाड्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । यस्तै चितवनबाट जाने ट्रकहरुलाई जुगेडी चौकी आसपासमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने छ ।पोखबाबाट आउने ट्रकहरुलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडौंबाट आउने ट्रकहरुलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुबै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने चितवन प्रहरीले जनाएको छ ।सडक विस्तारको क्रममा रहेकाले मुग्लिन सडकमा विभिन्न क्षेत्रमा पहिरो खस्ने जोखिम छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।