0 COMMENTS

दार्जिलिङ २५, असार०७४/छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखी दार्जिलिङमा जारी आन्दोलन थप हिंसात्मक बनेको छ । सुरक्षाकर्मीको गोली लागेर शनिबार दुई प्रदर्शनकारीको मृत्यु भएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा केही सुरक्षाकर्मीसहित पन्ध्र जना घाइते भएका छन् । झडपपछि दार्जिलिङ पुनः तनावग्रस्त बनेको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले विद्यालयस्तरमा बंगला भाषालाई अनिवार्य गरेपछि बिरोध स्वरुप सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गएको हो । आन्दोलनमा संलग्न गोर्खा जनमुक्ति मोर्चाले छुट्टै गोर्खाल्याण्ड घोषणा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

केही दिनदेखि आमहड्तालका कारण ठप्प बनेको दार्जिलिङ गएरातिदेखि तनावग्रस्त बनेको हो । स्थानीय टासी भुटिया एउटा औषधि पसलबाट औषधि किनेर फर्किने क्रममा सुरक्षाकर्मीको गोलीको निसाना बनेका थिए । सोही घटनाको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले शनिबार सोनादामा धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।

धर्ना र लगातारको नाकाबन्दी हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको बताइएको छ । प्रदर्शनकारीले सोनादास्थित टोय ट्रेन स्टेसन, पुलिस स्टेसन र घुम टोय ट्रेन स्टेसनमा आगजनीसमेत गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन दार्जिलिङ र आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।