0 COMMENTS

भद्रपुर २५ असार ०७४/ झापाको बिर्तामोड निवासी उद्योगपति प्रदीप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि रु एक लाख ११ हजार १११ प्रदान गरेका छन् ।

शनिबार पत्रकार महासङ्घ झापाका कार्यबाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति मित्तल तथा उहाँका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गरे ।

आफ्नी माता स्व सरमनदेवी मित्तलको स्मृतिमा प्रदीप–रेणु मित्तलले विवाहको २५औँ वसन्तका अवसर पारी उक्त रकम हस्तान्तरण गरेको हो ।
नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार सहारा उपचार कोषमा रु एक करोडको रकम जम्मा गर्ने लक्ष्यमा विभिन्न महानुभाव एवम् सङ्घसंस्थाको जारी सहयोगले अहिले सो कोषमा रु २५ लाखभन्दा बढी पुगिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।