0 COMMENTS

काठमाण्डाै २४ असार०७४/ काठमाडौँको १३ औँ महाधिवेशनले तेजनारायण मानन्धरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा मदन तुलाधर, द्वितीय उपाध्यक्षमा निर्मला कंसाकार, सचिवमा रजनी ताम्राकार, कोषाध्यक्षमा राजु शाक्य र सहसचिवमा नानीशोभा मानन्धर रहनुभएको छ । त्यसैगरी, सदस्यहरुमा त्रिरत्न तुलाधर (निवर्तमान अध्यक्ष), राजा शाक्य, अनिल स्थापित, युरिकाजी कंसाकार, सुदर्शना दर्शनधारी, सुरेन्द्रकाजी शाक्य र कल्पना तुलाधर छानिनुभएको छ ।

हरेक तीन वर्षमा गर्दै आएको महाधिवेशन अबदेखि हरेक दुई वर्षमा गर्ने समूहको निर्णयलाई पनि महाधिवेशनले अनुमोदन गरेको छ ।
महाधिवेशनका प्रमुख अतिथि भिक्षु प्रज्ञामूर्तिले धार्मिक संस्थाले क्षणिक लाभलाई हेरेर भन्दा दिगो र परिणाममुखी काम गर्नुपर्ने सुझाव दिनुभयो ।

समूहका निवर्तमान अध्यक्ष त्रिरत्न तुलाधरले दुई कार्यकाल अध्यक्ष रहँदा बुद्ध धर्मको प्रवद्र्धन गर्ने अभियानमा हरतरहबाट समूहलाई सहयोग गर्ने सबै महानुभावहरुप्रति आभार व्यक्त भयो । समूहका सल्लाहकार पूर्वमन्त्री डा केशवमान शाक्यले विगतमा समूहले जनजातिसँग सहकार्य गरेर काम गरेको प्रतिफलस्वरुप मुलुकले संघीयता, धर्मनिरपेक्षता र समावेशिता पाएको बताउनुभयो । महाधिवेशनमा सचिव मदन तुलाधरले समूहको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रजनी ताम्राकारले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।
विसं २०३९ मा स्थापित यो समूहले बुद्ध धर्म र दर्शनको प्रवद्र्धनका लागि जनजातिसँग मिलेर देशका विभिन्न भागमा जागरण शिविर सञ्चालन गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।