0 COMMENTS

कल्पना बोहरा –अछाम २३ असार/नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र अछामको संयुक्त बैठक बसि प्रेस बिज्ञप्ति जारी गरिएको छ ।

अछाम सदरमुकाम मंगलसेनमा भएको २ राजनीतिक दलको संयुक्त बैठकले गरेका सहमति र निर्णयलाई बिज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । संयुक्त बैठकले असार १४ मा भएको स्थानिय तहको निर्वाचनमा उत्साह पूर्वक रुपमा मतदान गर्ने सम्पूर्ण मतदाता र पार्टी पंती तथा आम नागरिकमा धन्यवाद ज्ञापन गरेको बिज्ञप्तिमा भनिएको छ । नेपाली काँग्रेसका जिल्ला सचिव नम बहादुर शाही र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक झपट साउद द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात आएको परिणामलाई मध्यनजर गर्दै अछाम जिल्लाका सबै गाँउकार्यपालिका र नगर कार्यपालिकामा सहकार्य गरेर जाँने निर्णय समेत गरिएको उल्लेख छ । यस्तै आगामी दिनमा हुने सबै तहका निर्वाचनहरुमा पनि २ पार्टीबिच सहकार्य गरेर अगि बढ्ने निर्णय गरिएको बिज्ञप्ति मार्फत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।