0 COMMENTS

कल्पना बोहरा –अछाम २३ असार/मंगलसेन नगरपालिकाका नवनिर्वाचित प्रमुख पदम वहादुर वोहराले नगरपालिकाका कर्मचारिहरुलाई ५ वुँदे निर्देशन दिनु भएको छ । २० गते मात्रै नगर प्रमुखको पदभार ग्रहण गर्नु भएका वोहराले कर्मचारीहरु संग परिचयात्मक कार्यक्रम गर्दै नगर भित्रको आन्तरीक आर्थिक स्रोतको खोजी गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएवको छ । उहाँले आन्तिरिक स्रोतको वृद्धि गरेमा कर्मचारीहरुले पनी सहुलियत लिन पाउने भएकाले आफ्नो जिम्मेवारी ईमान्दारीका साथ पुरा गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो । यस्तै उहाँले नगर प्रोफाईल तयारी कार्य अघि वढाउन, नगर वासिलाई सुशासनको प्रत्याभुती गराउन र भ्रस्ट्राचार तथा अनियमिततालाई निरुत्साहित गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको नगरपालिकाका सुचना अधिकारी नरेश कठायतले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।