0 COMMENTS

दाङ २३असार०७४/ सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरु गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन सुरु गरेको बताउनुभयो ।

प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा प्राप्त एक हजार पाँचवटा प्राप्त गरेको बताउनुभयो । घोराहीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो । अहिले परेका उजुरी जिल्लाअनुसार छुट्याई सकिएको केसीले बताउनुभयो ।

आठवटा फरक फरक विधामा छुट्याइएको छ । अहिले पत्राचार गर्ने, कागजपत्र झिकाउने, सनाखत गर्ने काम शुरु भएको अधिकृत केसीले बताउनुभयो । कार्यालय स्थापना भएको अहिले एक महिना मात्र भएको र कार्यालय व्यवस्थापनसँगै अन्य कामसमेत सुरु गरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।