0 COMMENTS

भोजपुर २३ असार ०७४/ अरुण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ ।

करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ ।

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ बर्षीय रञ्जीव सापकोटा, १४ बर्षीया सुष्मा फुयाल असार १२ गते विहान साढे ७ बजे स्थानीय तोरन काकीको माछापोखरी डुवेको अवस्थामा मृत फेला परेका थिए ।

सुष्मा र प्रदिप दिदी भाई हुन् । रञ्जीव उनीहरुको घरबाट डेढ सय मिटरजति दुरीमा पर्छ । पुर्वाञ्चल क्षेत्रीय प्रमहरीको सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ ।विरलै देखिने आपराधिक घटना भोगेका प्याउली बजार र आसपासका बासिन्दा शोकमा डुबेका छन् । परिवार र आफन्तका आँसु अझै ओबाएका छैनन् । उनीहरुमा उत्तिकै त्रास पनि छ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।