0 COMMENTS

पोखरा२२असार०७४/काठमाडौंबाट यात्रु लिएर आएको ६०७-नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्सको एक जहाज बिहीबार पोखरामा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

विमान अवतरणको क्रममा एकाएक दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज हृविल लक भएको थियो । लक भएपनि त्यस्तो कुनै क्षति नभएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उनले भने, ‘विमान ल्याण्ड हुनेवित्तिकै विमानको नोज हृविल लक भयो, जसका कारण विमान दायाँ/बायाँ मोड्न मिलेन । तर, क्षति भने केहीपनि भएन ।’

रन-वे मै विमानको नोज हृविल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन सकेन । जसका कारण काठमाडौंबाट आएको विमान पुनः काठमाडौं र्फकनुपरेको थियो ।

अहिले भने पोखराकै प्राविधिक टोलीले मर्मत गरेर विमानलाई रन-वे बाट हटाएर विमानस्थल सञ्चालनमा ल्याइएको विमानस्थल प्रमुख गुरागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।