0 COMMENTS

काठमाडौं २२ असार ०७४/ सात सदस्य पूर्ण इजालस गठन हुँदा पनि लामो समयसम्म टुङ्गो लाग्न नसकेको आईजीपी नियुक्ती प्रकरणमा अब चाँही पूर्णविराम लाग्ने भएको छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले गठन गरेको सात सदस्यिय इजालसका एक जगदिश शर्मा बुधबार उमेर हदका कारण घर गएसँगै बिहीबार गठन भएको नयाँ इजालस सक्रिय बनेपछि यस्तो सम्भावना बढेको हो ।

आज कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले गठन गरेको इजालसमा प्रधानन्यायाधीश स्वयंका अतिरिक्त प्रधानन्यायाधीशहरु ओम प्रकाश मिश्र, शारदा घिमिरे, केदार चालिसे, पुरुषोतम् भण्डारी, मिरा खड्का र प्रकाशमान सिंह रावत रहेका छन् । उनीहरु यसअघिको इजालसमा अटाएका थिएनन् । यसरी हेर्दा अब नवराज सिलवाललाई निराश पार्दै अन्तिम फैसला हुने सम्भावना बढेको सर्वोच अदालत सम्बद्ध स्रोत बताउँछ ।

यसअघिको इजालसमा पक्ष र विपक्षमा तीन र चार जनाको रस्साकस्सी चल्दा शुशिला कार्की प्रधानन्यायाधीशबाट बिदा नहुन्जेल फैसला रोक्ने प्रयत्न सफल भएपछि यो मुद्धाले नयाँ मोड लिएको सर्वोच्चमा चर्चा छ । जगदिशको पद रिक्त भएपछि गोपाल पराजुलीले नयाँ इजालस गठनको मात्रै मौका पाएनन् कि यसअघि यो मुद्धामा नमुछिएकाहरुलाई इजालसमा सहभागी गराएर चाँडै फैसला गर्ने वातावरण समेत मिलाए ।

आजैदेखि मुद्धालाई हेर्न थालेको यो इजालसले सम्भवतः शुक्रबार नै टुङ्गो लगाउने अनुमान गरिएको छ । अब फैसलापछि प्रहरी महानिरिक्षक प्रकाश अर्यालको ११ महिने जागिर निश्चित हुने सम्भावना छ । के समेत चर्चामा छ भने सिलवाललाई भाग्यले ठग्दा र अर्यालको दैव दाहिने हुँदा उनी ३० वर्षे सेवा अवधि हद ३३ वर्षेमा बढेर थप ३ वर्ष नेपाल प्रहरीको कमाण्ड सम्हाल्न पाउने अति भाग्यमानी समेत बन्ने सम्भावना छ । प्रहरी सेवा हद ३३ वर्षे बन्यो भने हाल डिआईजी हुँदै आईजी पाउने अपेक्षामा रहेका सर्वेन्द्र खनालहरुसमेत बिचैमा घर जान बाध्य बन्नुपर्ने अवस्था आउनेबारे पनि चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।