0 COMMENTS

काठमाडौं २२असार ०७४/जापान सरकारले सहयोग स्वरुप नेपाल रेडक्रस सोसाइटीलाई चार एम्बुलेन्स सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालकालागि जापानका राजदूत मासासी ओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापालाई हस्तान्तरण गरेका हुन् । यी एम्बुलेन्स प्राप्तगर्नेमा रौतहट, धनकुटा, जाजरकोट र खोटाङ रेडक्रस रहेका छन् । ती हरेक एम्वुलेन्सको मुल्य नौ लाख ५६ हजार चार सय ३२ रुपैयाँ रहेको छ ।

जापान सरकारले जनस्तरीय आयोजना र मानवीय सहयोग कार्यक्रम अन्तर्गत विगत २५ वर्षदेखि नेपाललाई सहयोग गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले नेपाल रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाइ लगायत मानवीय सेवा कार्यमा सहयोग गर्दै आएकोमा जापान सरकार, जापानिज रेडक्रस र जापानी जनताप्रति आभार प्रकट गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।