0 COMMENTS

काठमाडौं २२ असार०७४/विवादै विवादमा परेर सांगठनिक रुपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ ।

स्थापना भएको १७ बर्षमा ९ वटा प्रमुख फेरेको सो संगठनका ४ जनामाथि भ्रष्टाचारको अभियोग लागेर अहिले अदालत धाइरहेका छन् ।

बहालवाला प्रमुख हुँदा नै भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त नेपालको सुरक्षा इतिहासमा कलंक लागेर निलम्बनमा पर्ने पहिलो व्यक्तिको रुपमा दर्ता भएका छन् ।

पछिल्लो पटक गर्न लागेको ऐन संशोधनले संगठनभित्रका उच्च अधिकारीबीच तिक्तता उत्पन्न गराइदिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।सो संगठनभित्र ३० बर्षे सेवा अवधि हटाउने र सेवा अवधि ३२ बर्षे बनाउने खेलमा संगठनका प्रमुख नै लागेपछि विवादले उग्र रुप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।