0 COMMENTS

कल्पना बाेहरा ,असार २१ अछाम/अछामकाे बान्नीगढी जयगढ गाँउपालिकाका नव निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहण गरेसंगै १० बुदे प्रतिबद्धता पत्र जारी गरेकाछन ।

नव निर्वाचित गाँउपलिका अध्यक्ष राजेन्द्र खड्का र उपाध्यक्ष लोकेन्द्र साउदले संयुक्त रुपमा १० बुदे प्रतिबद्धता जारी गरेका हुुन । बुधवार एक कार्यक्रमका बिच सपथ ग्रहण तथा गाँउपालिकामा पदभार ग्रहण गरेसंगै गाँउपालिकामा खानेपानीको ब्यावस्थापनलाई मुख्य प्राथमिकतामा राखी घोषणापत्र ल्याईएको जनाईएको छ ।

घोषणापत्रमा आगामि आर्थिक वर्षभित्र गाँउपालिकामा आधारभूत खानेपानीको सुनिश्तिता गर्ने, ३ वर्ष भित्र गाँउपालिका भीत्रका सबै घर घरमा खानेपानीको धारा पुगाँउने, जयगढवाट कालिका, दर्ना हुदै रामारोशन जोड्ने सडक आगामि आर्थि वर्षभित्रै सम्पन्न गर्ने र २ वर्षभीत्रै कालोपत्रे गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै गाँउपालिका भीत्रका सबै टोल टोलमा बिद्युत सेवा पुर्याँउने र लागि राष्ट्रिय प्रसारण लाईन जोड्न पहल गर्ने, छिपेखोला र कैलासखोलामा लघुजलबिद्युतको सम्भाब्यता अध्ययन गरि ३ वर्ष भीत्र १ मेघावाट बिद्युत लघुजलबिद्युतवाट उत्पादन गर्ने लक्ष राखिएको छ ।

यस्तै १० बुदे प्रतिबद्धता पत्रमा जयगढ बजारको फोहोर ब्यावस्थापनका लागि उचित ठाँउमा डम्पीङ साईट बनाँउने, २ वर्षभीत्रै गाँउपालिकाको विषयगत कार्यालय समेत रहने गरि भवन निर्माण गर्ने, आगामि आर्थिक वर्षभित्र वडा नम्वर ४ र वडानम्वर ६ को वडा कार्यालय स्थापना गर्ने तथा भएका ठाउमा मर्मत गर्ने, गाँउपालिकामा बस्ति विकास मापदण्ड लागु गर्ने, जयगढ बजारलाई ब्यावस्थित बनाँउने र आगामि शैक्षीक सत्रवाट गाँउपालिका भीत्रका सामुदायीक बिद्यालयमा पनि अग्रेजी माध्ययमवाट पढाई सञ्चालन गर्ने प्रतिबद्धता जनप्रतिनिधीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।