0 COMMENTS

कल्पना बाेहरा ,असार २१,अछाम /अछामकाे मेल्लेख गाउपालिका ८ मा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ ।
घरमा सुतिरहेकाे अवस्थामा १३ वर्षीया किशोरीलाई २० गते राति चितुवाले आक्रमण गरेको हो । मेल्लेख गाउँपालिका ८ हत्तिकोटको डुग्री गाउका गोपाल भुलकी छोरी पवन भुललाई चितुवाले आक्रमण गरेपछि उनको ज्यान गएको प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राती आमासंगै ढोका नजिकै सुतेको बेला चितुवाले आक्रमण गरेको हो । घाटीमा समातेर करिब १ सय मिटर पर लगेर घाटी खाएको अवस्थामा शव भेटिएको थियाे । मृतककि आमाले होहल्ला गर्दा चितुवा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्मियाम भएकाेहुदा ढोका खुल्लै राखेर सुतेको बेला उक्त घट्ना भएको हो ।
मृतक बालिकाको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याईएको जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।