0 COMMENTS

कैलाली २१ असार०७४/कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । उनले कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई २४३ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

हमालले ७०९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका वडले ६८५२ मत ल्याएका छन् । त्यस्तै एमालेका दुर्गाप्रसाद जोशीले ५०२३ मत प्राप्त गर्दा माओवादी केन्द्रका रामसमझ रानाले ४५५४ मत ल्याएका छन् ।

उपमहानगरको उपप्रमुखमा भने कांग्रेसका सुशीला मिश्र भट्ट सबैभन्दा अघि छिन् । भट्टले ८५०९ मत प्राप्त गर्दा एमालेकी रुकमिणी देवकोटाले ६४९३ मत पाएकी छिन् । माओवादीकी शान्ति अधिकारी क्षेत्री ५०६९ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।