0 COMMENTS

कल्पना बाेहरा, अछाम, असार २१/मंगलसेन नगरापलिकाको मेयरमा निर्वाचित भैसकेपछि नवनिर्वाचित मेयर पदम बोहराले आफ्नो पहिलो निर्णयका रुपमा नगरपालिकामा बिक्रि बितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गर्नुभएको छ ।

सफत ग्रहण प्रश्चात कार्यभार सम्हाल्दै मेयर बोहराले यस्तो निर्णयमा हस्ताक्षर गर्नुभएको हो । जिल्लामा अव्यस्थित रुपमा बिक्रि बितरण हुँदै आएको मदिरालाइ   व्यवस्थित बिक्रि वितरणको व्यवस्था मिलाउने र यदी व्यस्थित भएको नपाईए कारवाही प्रक्रियामा जाने निर्णय आज सम्मपन्न नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठकले गरेको छ ।

साथै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाउने सेवाग्राहीलाई पर्न गएको असुबिधालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्रत्येक वडा को टोल–टोलमै गएर वितरण गर्ने निर्णय पनि बैठले गरेको छ । यसका साथै नागरिक उपभोक्ता सहुलियत कार्डलाई व्यवस्थापन गर्न तथ्याङ्क संकलन गरी उक्त कार्य अगाडी बढाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।