0 COMMENTS

सुर्खेत२०असार०७४/ दुलर्भ वन्यजन्तु चितुवा र रेड पाण्डाको छाला र हड्डीसहित ३ जना सुर्खेतमा पक्राउ परेका छन ।कालिकोटको माबु गाउँपालिका –३ का दिपक सिह, कालिकोटकै खाडाचक्र नगरपालिका –३ का रमित मल्ल र दैलेखको नारायण नगरपालिका –११ का बलबहादुर सिंह छाला र हड्डीसहित पक्राउ परेका हुन ।

तीनै जानलाई वीरेन्द्रनगर नगरपालिका –३ तातापानीवाट २ थान चितुवा र २ थान रेडपाण्डाको छाला र हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको साथवाट एउटा ६ फिट ७ इन्च लम्वाई र २ फिट ४ इन्च चौडाई भएको तथा अर्को ६ फिट लम्वाई र २ फिट चौडाई भएको २ थान चितुवाको छाला बरामद गरिएको छ ।

यस्तै एउटा २ फिट ७ इन्च लम्वाई र १ फिट २ इन्च चौडाई भएको र अर्को २ फिट ११ इन्च लम्वाई र १ इन्च १ फिट चौडाई भएको २ थान रेड पाण्डको छाला वरामद गरिएको सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । प्रहरीले आफनो डेरामा लुकाई राखेको अवस्थामा चितुवाको ७० थान दाँत र हड्डी पनि बरामद गरेको उनले बताए ।

बरामद गरिएको छाला र हड्डी जिल्ला वन कार्यालय सुर्खेतलाई हन्तान्तरण गरेर कारवाही प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।पक्राउ परेका उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ देखि १० वर्षसम्म कैद र १ लाख देखि १० लाख रुपैयासम्म जरिवान वा दुवै सजाय हुने सुर्खेतका सहायक जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।