0 COMMENTS

काठमाडौं२०असार०७४/ निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारको रूपमा रहेको कानून तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नभएको, प्रदेशसभा सदस्य निर्वाचन विधेयक, राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक तथा प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयकको प्रारम्भिक मसौदा तयार गरी गृह मन्त्रालयमा पठाइसकिएको भए पनि उक्त विधेयकहरु संसदबाट पारित भइनसकेको कारणले गर्दा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सघन रुपमा अगाडि बढाउन नसकिएको आयोगले जनाएको छ ।

मतदाता नामावली सम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको हुँदा आसन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मतदाता नामावली अद्यावधिक गर्न कम समय समय रहेको उल्लेख गर्दै आयोगले समयमै मतदाता नामावली सम्बन्धी ऐनमा परिमार्जन नभए २०७३ फागुन ९ गतेसम्म दर्ता भएका मतदाताको नाम मात्रै समावेश गरिने समेत आयोगले स्पष्ट गरेको छ ।

निर्वाचन आयुक्तहरुले यहि असार १६ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन २०७४ श्रावण १५ गतेभित्र आयोगमा प्राप्त हुनुपर्ने समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।