0 COMMENTS

काठमाडौं२० असार०७४/ स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

सार्वजनिक नतिजाअनुसार एमालेले हालसम्म एक उपमहानगरपालिका र २८ नगरपालिकासहित १ सय २५ स्थानीय तहमा जित हासिल गरेको छ ।
नेपाली काँग्रेसले ३६ वटा नगरपालिकासहित १ सय ८ स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३६ स्थानीय तहमा जित हासिल गरेको छ । अन्य दलहरु संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले ६, ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ३ तथा राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ । स्वतन्त्र उम्मेदवारले भने दुई स्थानीय तहको प्रमुख जितेका छन् ।

हेर्नुहोस्, २ सय ८८ स्थानीय तहको नामावली -याहाँ क्लिक गराै ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।