0 COMMENTS

बुटवल २० असार०७४/ रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ ।

उपमहानगरको १९ वडामध्ये आज भएको वडा नं. १३ को मतगणनामा नेपाली कांग्रेसका नारायणसिंह पुन विजयी भएका छन । उनले एक हजार ७६५ मत प्राप्त गरेर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का योग गुरुङले एक हजार ३६३ मत प्राप्त गरेका छन । यसअघि उपमहानगरका वडा नं. १ देखि १२ सम्म लगातार एमालेले जित हात पारेको थियो । जिल्लाको समरिमाई गाउँपालिकामा फोरम (लोकतान्त्रिक) विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार उक्त गाउँपालिकाको अध्यक्षमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जितेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत प्राप्त गरेर विजयी भएका प्रमुख निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याएका छन ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी प्रियङ्का शाही सिंह विजयी भएकी छन । उनले दुई हजार ८१६ मत प्राप्त गरेकी छन । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमकी कमलावती अहिरनीले दुई हजार १७० मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।