0 COMMENTS

रुकुम २०असार०७४/ यहाँ आज आफ्नै श्रीमान्ले श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ ।

चौरजहारी नगरपालिका–१४ नुवाकोटका डिल्लीबहादुर रानाले आफ्नी श्रीमती ४१ वर्षीया ललिताको हत्या गरेको प्रहरीले जनाएको छ ।

सामान्य घरायसी विवाद हुँदा हतियारले टाउकामा हानेपछि ललिताको मृत्यु भएको डिल्लीबहादुरले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

अभियुक्त डिल्लीबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको र ललिताको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइँदै गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।