0 COMMENTS
विजयी मेयर खगेन्द्र राई तथा उपमेयर रिता चाैधरी

रमिला बस्नेत ,उदयपुर ,असार २० /उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार खगेन्द्र राईले ६ हजार ८७० मत प्राप्त गर्दै बिजयी भएका हुन । ५४० मतले पछि पर्दै उनका प्रतिद्वन्दी नरेन्द्र राउतले ६ हजार ३३० मत प्राप्त गरेका छन ।
यसैगरी उपप्रमुखमा कांग्रेसकि रिता कुमारी चौधरीले ७ हजार ६६६ मत प्राप्त गरि बिजयी भएकी छन । उपप्रमुखको प्रतिस्पर्धा गरेकी एमालेकि कान्ता कुमारी राई १ हजार १८१ मतले पछि पर्दै ६ हजार ४८५ मत प्राप्त गरेकी छन ।

एता वडा अध्यक्षमा पनि अधिकांश वडामा कांग्रेस बिजयी भएको छ । १० वडा रहेको चौदण्डी नगरपालिकामा ६ वडामा कांग्रेस बिजयी भएको छ । ३ वडामा माओवादी केन्द्र र एमाले १ वडामा मात्र सिमित भएको छ ।

वडा अध्यक्ष हरु
नेपाली कांग्रेसका

* वडा नं १ रोहित तामाङ
* वडा नं ३ पर्शुराम राई
* वडा नं ४ चरण राई
* वडा नं ७ तेजराज तिमल्सिना
* वडा नं ८ श्याम कुमार खपांगी
* वडा नं १० राम कुमार खड्का

माओबादी केन्द्र

* वडा नं २ सन्तोष सुबेदी
* वडा नं ५ देब नारायण चौधरी
* वडा नं ६ कमल जंग राई

एमाले

* वडा नं ९ प्राकाश राउत

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।