0 COMMENTS

काठमाडौं २० असार०७४/ अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले जिलेश जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रोकिएका करिब ३ हजार नेपालीको हवाई भाडा फिर्ता गर्न अटेर गरेका छन् ।

विदेश जाने क्रममा विमानस्थलको अध्यागमनबाटै फिर्ता भएका २ हजार ७ सयभन्दा बढी नेपालीले हवाई भाडमा तिरेको ६० करोडभन्दा बढी रकम नपाएको पाइएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

फिर्ता भएका यात्रुले गन्तव्य र हवाई कम्पनीअनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म फिर्ता पाउनुपर्छ । भाडा फिर्ता नपाउनेमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपाली कामदार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।