कल्पना बोहरा २०७४ असार १९ अछाम /अछामका १० स्थानिय तहकाे अन्तिम नतिजा सार्वजनिक भएको छ । अछाममा सबैभन्दा बढी ५ स्थानिय तहमा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने एमालेले २ स्थानिय तह तथा माओवादी केन्द्रले २ स्थानिय तहमा प्रमुख जितेको छ ।
१.मंगलसेन नगरपालिका – मंगलसेन नगरपालिकामा नेकपा एमाले बिजयी । मंगलसेन नगरपालिकाको मयेर र उप मेयरमा एमालेका पदम बोहरा र सरिता उपाध्याय निर्वाचित भएका छन । आईतवार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार काँग्रेस माओवादीको संयुक्त गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेद्धार बिजयी भएका हुन । बोहराले काँग्रेस माओवादी गठबन्धन वाट काँग्रेसका चन्द्रप्रसाद ढुंगानालाई १ सय ३८ मत अन्तरले पछि पार्दै ४ हजार ६ सय ९१ मत ल्याई मेयरमा बाजी मारेका हुन भने ढुंगानाले ४ हजार ५ सय ५३ मत प्राप्त गरेका छन । उपमेयर निर्वाचित उपाध्यायले गठबन्धनवाट माओवादी केन्द्रका रोहिना भण्डारीलाई एक हजार ८ सय ३५ मत अन्तरले पछि पारेकी हुन । एमालेकी उपाध्यायले ४ हजार ९ सय ११ मत पाएकी छन भने माओवादी केन्द्रका भण्डारीले ३ हजार ७६ मत पाएकी छन । नगरका १४ वटा वडा मध्ये ९ वडामा नेपाली काँग्रेसले तिजेको छ भने ५ वडामा एमालेले प्यानल सहित जितेको छ । काँग्रेसले जितेका वडानम्वर ९ र ६ मा अध्यक्ष बाहेक सदस्यहरुमा मिश्रित परिणाम आएको देखिएको छ । अन्य ७ वटै वडामा काँग्रेस पनि प्यानल सहित बिजयी बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसेनले जनाएको छ ।
२ . साफेबगर नगरपालिका– अछामको साँफेबगर नगरपालिकामा एमाले बिजयी भएको छ । सोमवार दिउसो सार्वजनिक भएको साँफेबगर नगरपालिकाको अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेद्धार कुल बहादुर कुवर मेयरमा ५ हजार ८ सय ३८ मत सहित बिजयी बनेका हुन । उपप्रमुखमा पनि एमालेकै बिरमला बुडथापा ५ हजार ९ सय ८४ मत ल्यायर बिजयी बनेकी छन । निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेद्धार ध्वज बहादुर कुवरले ५ हजार ४ सय १२ तथा उपमेयरका उम्मेद्धार रुपा आउजीले ५ हजार २ सय ६२ मत ल्याएकी छीन । एमालेका उम्मेद्धारले मेयरमा ४ सय २६ र उपमेयरमा ७ सय २२ मतले काँग्रेसका उम्मेद्धार भन्दा बढी ल्यायर बाजी मारहेका हुन । यस्तै माओवादी केन्द्रका् तर्फवाट उम्मेद्धार बनेका खगेन्द्र वडले ५ सय ६३ मत प्राप्त गरेका छन भने उपमेयरका उम्मेद्धार बैजन्ती कुवरले ५ सय ४९ मत प्राप्त गरेकी छन ।
३. कमलबजार नगरपालिका – नेपाली काग्रेसले विजयी ।अछामको कमलबजार नगरपालिकामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ । नेपाली काग्रेसको मेयर पदमा उम्मेद्धार ओम प्रकाश बिष्टले ३१० मतले पछी पार्दै नेकपा एमालेका मेयर पदका उम्मेद्धार दिपक अधिकारीलाई पराजीत गर्नुु भएको हो । विष्टले ३५८७ मत ल्याउनुु भयो भने उहाँको निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका अधिकारीले ३२७७ मत ल्याउनुु भयो । उपमेयरमा पनी नेपाली काग्रेस नै विजयी भएको छ । नेपाली काग्रेसका भुुमिसरा बजगाई ढकालले निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका मना अधिकारीलाई ४३५ मत अन्तरले पराजित गर्नु भएको हो । ढकालले ३६७२ मत ल्याउनुु भयो भने अधिकारीले ३२३७ मत ल्याउनु भएको हो । कमलबजारका १० वडा मध्ये ७ नेपाली काग्रेस र ३ वडामा एमाले विजयी भएको छ । वडा नम्बर १,२,३,६,७,८ र १० मा काग्रेस विजयी भयो भने ४,५ र ९ मा एमाले वीजयी भएको त्यहाँबाट पत्रकार सुुबास अधिकारीले जानकारी दिनु भयो ।
४. पञ्चदेवल विनायक नगरपालिका–अछामको सबैभन्दा कान्छो नगरपालिका पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ । नगरको मेयर र उपमेयर २ वटै पदमा काँग्रेसका उम्मेद्धार बिजयी भएका हुन । मेयरमा नेपाली काँग्रेसका महाँसमिती सदस्य देबराज देवकोटा ३ हजार ५ सय ५५ मत सहित बिजयी बनेका छन भने उप मेयरमा पनि काँग्रेसकी महाँसमिती सदस्य तथा नेविसंघकी सह महाँमन्त्री अम्विका चलाँउने ३ हजार ९ सय ६० मत सहित बिजयी बनेकी हुन । उनिहरुका निकटतम प्रतिद्धन्द्धी एमालेका मेयर उम्मेद्धार नन्दबहादुर कडायतले ३ हजार ७५ मत ल्यायका छन भने उपमयेर उम्मेद्धार लक्ष्मी बोगटीले ३ हजार २ सय १२ मत ल्यायकी छन । मेयरमा ४ सय ८० र उपमेयरमा ७ सय ४८ मतको अन्तरले देवकोटा र चलाउनेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै उक्त नगरपालिकामा माओवादी केन्द्रका केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य अक्कल रावलले मेयरमा २ हजार ३ सय ९४ मत ल्यायका छन भने उप मेयरका उम्मेद्धार भावना रिमालले १ हजार ७ सय १० मत पाएको बताईएको छ । पञ्चदेवल बिनायक नगरपालिका काँग्रेसको पकड क्षेत्र भएपनि स्थानिय निर्वाचनमा कडा प्रतिष्प्रधा हुने आकलन गरिएको थियो ।
५. तुर्माखाँद गाउँपालिका– प्रमुख र उपप्रमुखमा काँग्रेस बिजयी ,अछाम तुर्माखाद गाँउपालिकामा नेपाली काँग्रेसले बिजय प्राप्त गरेको छ । आईतवार दिउसो सार्वजनिक भएको अन्तिम नतिजा अनुसार काँग्रेसका पुष्पराज शर्माले ३ हजार ६ सय ९१ मत ल्याई बिजयी भएका हुन भने प्रमुखमा एमालेका पदम बुढाले ३ हजार ३७ मत प्रमप्त गरेका छन । यस्तै माओवादी केन्द्रका उदय बहादुर बिष्टले १ हजार ९ सय ५६ र राप्रपाका उम्मेद्धारले १ सय ६९ मत ल्याएका छन । यस्तै उपप्रमुखमा पनि काँग्रेसका अमृता बुढाले ३ हजार ३ सय ९२ मत ल्याई बिजयी भएकी छन । यस्तै उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी गोमती शाहीले ३ हजार ३ सय २८ तथा माओवादी केन्द्रकी उम्मेद्धारले २ हजार ७३ मत र राप्रपाकी उम्मेद्धारले १ सय ५३ मत ल्याएको त्यहाँवाट बखत कार्कीले जाँनकारी दिए । गाँउपालिकाको वडानम्वर १, ३, ५ र ६ मा एमाले, वडानम्वर ४, ७ र ८ मा काँग्रेस तथा वडानम्वर २ मा माओवादी केन्द्रले जित हासिल गरेका छन ।
६. ढकारी गाउँपालिका –ढकारीमा काँग्रेस बिजयी –अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार सार्वजनिक मतपरिणाम अनुसार ढकारी गाउँपालिकामा नेपाली काँग्रेसका धन बहादुर बुढा ३ हजार ४ सय ५४ मत लिएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज साउदले २९ सय ३० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेस कै लक्ष्मी साउदले तीन हजार तिन सय ८१ मतका साथ विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी हेमा शाहीले दुई हजार नौ सय ३० मत ल्याउनु भएको छ । ढकारी गाउँपालिकामा जम्मा आठ वडा मध्य पाँच वडामा नेपाली काँग्रेस र ३ वडामा एमाले बिजयी भएको हाे
७. रामारोशन गाउँपालिका –माओवादी केन्द्र विजय- अछाम रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । आईतवार राती सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रवाट प्रमुख र उपप्रमुखका उम्मेद्धार बनेका झंकर साउद भास्कर र सरस्वती रावल बिजयी बनेका हुन । प्रमुखमा भास्करले ३४०२ मत ल्यायर बिजयी भएका हुन भने रावलले उपप्रमुखमा ३२९० मत ल्याँउनुभएको छ । माओवादीका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रमुखका उम्मेद्धार चक्र रावल तथा उपप्रमुखका उम्मेद्धार बिन्द्रा साउद र काँग्रेसवाट अनुराधा स्वार तथा चन्द्र बिकलाई पराजित गरेको खवर रहेको छ । चक्र रावललले २७३४ र बिन्द्रा साउदको २७६१ मत आएको छ भने अनुराधा स्वारले २५४७ र चन्द्र बिकले २६३५ मत आएको छ । रामारोशन गाँउपालिकाको वडानम्वर १, ५, ६ मा माओवादी केन्द्रका उम्मेद्धार प्यानल सहित बिजयी भएका छन भने वडानम्वर ४ र ७ मा नेपाली काँग्रेस प्यानल सहित बिजयी भएको र वडानम्वर २ र ३ मा एमाले बिजयी भएको जनाईएको छ ।
८. मेल्लेख गाउँपालिका–माओवादी केन्द्रका बोहरा निर्वाचित – अछामको मेल्लेख गाउपालीका प्रमुखमा नेकपा माओवादी केन्द्रका लोकबहादुर बोहरा ज्वाला निर्वाचित भएका छन । नेपाली काँग्रेस र माओबादी केन्द्रको संयुक्त गठबन्धनवाट उम्मेद्धार बनेका बोहराले नेकपा एमालेका अध्यक्षका उमेदवार डम्बर नेपालीलाई ५१६ मतले पछि पार्दै बिजयी भएका हुन । बोहराले ४ हजार ५ सय ८ मत ल्याएका छन भने नेपालीले ३ हजार ९ सय ९२ मत ल्याय । यस्तै उपाअध्यक्षमा गठबन्धनवाट नेपाली काग्रेसका धनबहादुर शाहाले ४ हजार ४ सय ८ मत ल्याएका छन भने एमलेवाट उपाध्यक्ष पदका उमेद्वार समिता महर साउदले ४ हजार २ सय मत ल्याएकी छन । शाहले महरलाई ४ सय ६ मतले पछि पार्दै उप प्रमुखमा बाजी मारेका हुन । गाँउपालिकाको ४ वटा वडामा एमालेले जितेको छ भने ३ वटामा काँग्रेस र १ वडामा माओवादी केन्द्रले बिजय प्राप्त गरेको छ । यस अगि अछामको कमल बजार नगरपालीकामा नेपाली काग्रेसले मेयर र उपमेयर २ वटै पदमा बिजयी हासील गरिसकेको छ ।
९. बान्नीगढी जयगढ गाउँपालिका –काँग्रेस माओवादी गठबन्धन बिजयी – अछाम बान्नीगढी जैगढ गाउपालिमा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार राति ९ः०० वजे सार्वजनिक भएको मतपरिणाम अनुसार बान्नीगढी गाउँपालिकामा नेपाली काँग्रेसका र माओवादी गठवन्धनवाट काँग्रेसका राजेन्द्र वहादुर खड्का अध्यक्षमा २ हजार ७ सय ९३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कमल तिमेल्सेनाले २ हजार ३ सय १९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पनि गठबन्धनवाटै नेकपा माओवादी केन्द्रकै लोकेन्द्र साउदले २ हजार ४ सय ३६ प्राप्त गरी विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्धन्द्धि एमालेकी निर्मला रावलले २ हजार ३ सय ८१ मत ल्याउनु भएको छ । ६ ओटा वडा रहेको उक्त गाँउपालिकामा वडा नं १,२,३, र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने वडा नं ५ मा नेकपा एमाले र वडा नं ६ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
१०. चौरपाटी गाउँपालिका –नेकपा एमाले विजय-अछाम चौरपाटी गाँउपालिकामा नेकपा एमालेले प्रमुखमा १ मतले जितेको छ । नेपाली काँग्रेसका भीम साउदलाई १ मतले पराजित गर्दै एमालेका हर्क साउद गाँउपालिका प्रमुखमा बिजयी भएका हुन । एमालेका हर्क साउदले ३ हजार १ सय ३८ मत ल्याएका छन भने काँग्रेसका भीम साउदले ३ हजार १ सय ३७ मत ल्याएका हुन । यस्तै उपप्रमुखमा भने काँग्रेसका माया कुवर निर्वाचित भएकी छन । कुवरले एमालेकी सुशिला बोगटीलाई ७३ मतले पछि पार्दै बिजेता बनेकी हुन । कुवरले ३ हजार १ सय ७२ मत ल्यायकी छन भने उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी सुशिला बोगटीले ३ हजार १ सय १ मत पाएकी छन । यस्तै माओवादी केन्द्रका उम्मेद्धार राम बहादुर थापाले १ हजार २ सय ५८ र उपप्रमुखमा लालसरी सुनारले १ हजार २ सय ३८ मत प्राप्त गरेका निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपानेले जाँनकारी दिए । गाँउपालिकाको अध्यक्षमा एमालेले १ मत तथा उपाध्यक्षमा काँग्रेसले ७२ मतले जित हात पारेको उनले जाँनकारी दिए ।