0 COMMENTS

कल्पना बाेहरा ,अछाम१९असार/अछामको साँफेबगर नगरपालिकामा एमाले बिजयी भएको छ ।

सोमवार दिउसो सार्वजनिक भएको साँफेबगर नगरपालिकाको अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेद्धार कुल बहादुर कुवर मेयरमा ५ हजार ८ सय ३८ मत सहित बिजयी बनेका हुन । उपप्रमुखमा पनि एमालेकै निर्मला बुडथापा ५ हजार ९ सय ८४ मत ल्यायर बिजयी बनेकी छन । निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेद्धार ध्वज बहादुर कुवरले ५ हजार ४ सय १२ तथा उपमेयरका उम्मेद्धार रुपा आउजीले ५ हजार २ सय ६२ मत ल्याएकी छीन । एमालेका उम्मेद्धारले मेयरमा ४ सय २६ र उपमेयरमा ७ सय २२ मतले काँग्रेसका उम्मेद्धार भन्दा बढी ल्यायर बाजी मारेका हुन । यस्तै माओवादी केन्द्रका तर्फवाट उम्मेद्धार बनेका खगेन्द्र वडले ५ सय ६३ मत प्राप्त गरेका छन भने उपमेयरका उम्मेद्धार बैजन्ती कुवरले ५ सय ४९ मत प्राप्त गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।