0 COMMENTS

कैलाली १९ ,असार०७४/ कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए । जम्मा ६१ मतान्तरले एमालले जितेको हो । कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याए ।

उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी अञ्चला चौधरीले ६१६३ मत ल्याएर जितिन् ।उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी करुणा चौधरीले ५३७३ मत ल्याइन् । कांग्रेसकी मेनका जोशीले ५३४९ मत ल्याएर हार बेहोरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।