0 COMMENTS

पुष्पाञ्जली, काठमाडौं ,१९ अाषाढ/ राष्ट्रिय एचआईभी तथा एड्स महासघ नेपालकाे अायाेजनामा तेस्रो शरण क्षेत्री पुरस्कार कार्यक्रमकाे अायाेजना गरि ६ वटा विधामा उत्कृष्ट कार्य गर्नु हुने व्यक्ति तथा संस्थालाई काठमाण्डाैकाे टेकुमा रहेकाे राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र मा भब्य कार्यक्रम सहीत  सम्मानित गरियाे ।

कार्यक्रममा  स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा.किरण रेग्मीज्यूकाे प्रमुख अातिथ्यतामा  सम्पन्न भएकाे थियो ।साथै विषेश अतिथहरूमा पूर्व स्वास्थ्य सचिव सेरेन्द्र राज उप्रेती तथा स्वास्थ्य सेवा विभागका महा निर्देशक डा.राजेन्द्र पन्त लगायत राष्ट्रिय एचआईभी तथा याैन राेग नियन्त्रण केन्द्र निर्देशक डा. तरूण पाैडेल,सिसिएम काेडिनेटर महेश ढुङ्गेल,सेभ द चिल्ड्रेन का राजन भट्टराई ,एफएचअाई ३६० वाट वरिष्ठ कार्यक्रम अधिकृत असिमा श्रेष्ठ र एएचएफ नेपाल वाट दिपक ढुङ्गेल उपस्थीती रहेकाे थीयाे । 

कार्यक्रममा संस्थाका सचिब राजेश दिदियाले उपस्थीत सबैलार्इ स्वागत मन्तव्य बाट स्वागत गर्नु भएकाे थीयाे  । सम्मानित हुनेहरूमा उत्कृष्ट स्वयंसेवक पुरस्कारमा कमला मल्ल डाेटी,विकास गुरूङ कास्की ,उत्कृष्ट पत्रकारमा ईश्वर काजी खाईजु भक्तपुर ,उत्कृष्ट संस्था डडेलधुरा प्लस डडेलधुरा ,एचआईभी संक्रमितहरूकाे उपचार र सेवामा समर्पित डा बसन्त ताम्राकार ,नेपालका पहिलो पटक एअारटि सुरू गराउने डा रामप्रसाद श्रेष्ठ र नितिनिर्माणकाे तहमा रहेर सहयाेग गर्नुहुने डा. सेरेन्द्रराज उप्रेती रहनुभएकाे थीयाे ।
साे कार्यक्रममा विभिन्न नेटवर्कका प्रतिनिधिहरू, छनाैटमा परेका संस्था,व्यक्तिहरू तथा पत्रकारहरूकाे उल्लेखनीय उपस्थिती रहेकाे थियाे।
प्रमुख अतिथि डा.किरण रेग्मी ले अाफ्नाे तर्फबाट गर्नु पर्ने सबै सहयाेग गर्ने प्रतिवद्ता प्रकट गर्नुभयाे।महासघका अध्यक्ष  अच्युत सिटौलाकाे सभापतित्वमा सम्पन्न  उक्त  कार्यक्रमकाे  संन्चालन सस्थाकी कर्मचारी पुष्पा थापाले गर्नु भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।