कल्पना बाेहरा ,अछाम १८ असार/रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।
आईतवार राती सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रवाट प्रमुख र उपप्रमुखका उम्मेद्धार बनेका झंकर साउद भास्कर र सरस्वती रावल बिजयी बनेका हुन । प्रमुखमा भास्करले ३४०२ मत ल्यायर बिजयी भएका हुन भने रावलले उपप्रमुखमा ३२९० मत ल्याँउनुभएको छ । माओवादीका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रमुखका उम्मेद्धार चक्र रावल तथा उपप्रमुखका उम्मेद्धार बिन्द्रा साउद र काँग्रेसवाट अनुराधा स्वार तथा चन्द्र बिकलाई पराजित गरेको खवर रहेको छ । चक्र रावललले २७३४ र बिन्द्रा साउदको २७६१ मत आएको छ भने अनुराधा स्वारले २५४७ र चन्द्र बिकले २६३५ मत आएको छ । रामारोशन गाँउपालिकाको वडानम्वर १, ५, ६ मा माओवादी केन्द्रका उम्मेद्धार प्यानल सहित बिजयी भएका छन भने वडानम्वर ४ र ७ मा नेपाली काँग्रेस प्यानल सहित बिजयी भएको र वडानम्वर २ र ३ मा एमाले बिजयी भएको जनाईएको छ ।