0 COMMENTS

काठमाडौं १९असार०७४/ वनले जग्गा उपलब्ध गराउन ढिलाइ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ ।

साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन ।

अरुण तेस्रोका लागि आवश्यक १ सय २४ हेक्टर वनको जग्गा उपलब्ध भएपछि आयोजनाको शिलान्याश गर्ने सतलजको योजना छ ।

आगामी अक्टोबरदेखि निर्माण थाल्ने र सोको लागि मोदी आउने योजना भए पनि वनको जग्गा स्वीकृति नभइ शिलान्याश गर्न असम्भव भएकाले मोदी आउने अनिश्चित बनेको बोर्डका एक अधिकारीले जानकारी दिए । –कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।