0 COMMENTS

डोटी, असार १९ / दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो ।

९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटा बुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए ।सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए । त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत र उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेकी प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत र उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।