0 COMMENTS

दाङ१९ असार०७४/ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो । यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ वर्षीया छोरीलाई प्रयोग गरेको प्रहरीको भनाई छ ।

अपहरणपछि हत्या भएका राजकुमार श्रेष्ठ अपहरण काण्डमा बाबु छाेरीकाे पनी संलग्नता भएकाे तथ्प प्रहरीले सार्बजनीक गरीसकेकाे छ उक्त घटनामा बुवालेनै अाफ्नी १७  बर्षीया छाेरी  पुजा घर्तिमगरलार्इ संलग्न गराएकाे  तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ ।हाल प्रहरीले उक्त घटनापछी फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक लाख पुरस्कार दिने घोषणा समेत प्रहरीले गरेको छ ।प्रहरी अनुसधान अनुसार २६ जेठ साँझ साढे ७ बजे पुजाले नै टेलिफोन गरी ब्यापारी श्रेष्ठलाई बोलाएको र त्यसपछि अपहरणमा परेको तथ्य प्रहरीले सर्वजनिक गरेको हो । अपहरणमा संलग्न चार जना पक्राउ परेपनि युवती र उनका बुवा  भने फरार  छन। 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।