0 COMMENTS

कल्पना बोहरा, अछाम १८ असार/अछामको मंगलसैन नगरपालिकाको प्रमुख नेकपा एमाले विजयी भएको छ । कांग्रेस माओवादी गठबन्धनलाई उछिन्दै नेकपा एमालेका पदम बोहरा मेयर पदमा विजयी भएका हुन् । बोहराले ४ हजार ६९१ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँका प्रतिद्धन्दी कांग्रेस माओवादी गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्रप्रसाद ढुंगानाले ४ हजार ५५३ मत ल्याउनु भयो । उपमेयरमा पनि नेकपा एमालेका सरिता उपाध्याय बिजयी हुनुभयो । आफ्ना प्रतिद्धन्दी भन्दा करिब २ हजार मत अन्तरले उपाध्याय बिजयी हुनुभयो । उपाध्यायले ४ हजार ९११ मत ल्याउँदा उहाँका प्रतिद्धन्दी कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रका रोहिना कुमारी भण्डारीले ३ हजार ७६ मत ल्याईन् । नगरपालिकामा रहेका १४ वडामध्ये बहुमत वडा भने कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसले वडा नम्बर ५,६,७,८,९,१०,११,१२ र १३ म गरी ९ वडामा अध्यक्ष सहित विजय भएको छ भने नेकपा एमालेले वडा नम्बर १,२,३,४ र १४ मा प्यानलै सहति बिजयी भएको छ । वडा नम्बर ६ मा अध्यक्ष बाहेक चारओटै सदस्य एमालेले जितेको छ भने वडा नम्बर ९ मा दुई सदस्य र वडा नम्बर ७ मा एक महिला सदस्य बिजयी भएका छन् । यस्तै बिनायक पञ्चदेवल नगरपालिकामा नेपाली कांग्रेसल जित हात पारेको छ । नेपाली काग्रेसका देवराज देवकोटा ३३५५ मत ल्याई बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी नेकपा एमालेका नन्दबहादुर कडायतले ३०७५ मत प्राप्त गर्नुभयो । उपमेयरमा पनि कांग्रेसका अम्बिका चलाउने ३९६० मत ल्याई बिजयी हुँदा उहाँका प्रतिद्धन्दी एमालेका लक्ष्मी बोगटीले ३२१२ मत ल्याउनु भयो । माओवादी केन्द्रका मेयर अक्कल रावलले २३९४ तथा भावना रिमालले १७१० मत ल्याउनु भयो ।

कमलजार नगरपालिकामा पनि नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका ओमप्रकाश विष्ट ३५८७ मत ल्याई बिजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दिपक अधिकारीले ३२७७ मत ल्याउनु भयो । उपमेयरमा नेपाली कांग्रेसका भुमिसरा बजगाई ३६७२ मत ल्याई बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मना अधिकारीले ३२३७ मत प्राप्त गर्नुभयो ।

जिल्लाको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका धनबहादुर बुढा अध्यक्षमा ३४५४ मत ल्याई बिजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नवराज साउँदले २९३० मत ल्याउनु भयो । उपाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मी साउँद ३३९१ मत ल्याई बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका हेमा शाहीले २९०२ मत ल्याउनु भयो ।

बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँ पालिकामा कांग्रेस माओवादीको गठबन्धन बिजयी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र खड्का २७९३ मत ल्याई बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कमल तिमिल्सैनाले २३१९ मत ल्याउनु भयो । उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र साउँद २४३६ मत ल्याई बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका निर्मला रावलले २३८१ मत ल्याउनु भयो ।

मेल्लेख गाउँपालिकामा पनि कांग्रेस माओवादी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका लोगबहादुर बोहरा ४५०९ मत ल्याई बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका डम्बर नेपाली ३९९२ मत ल्याउनु भयो । उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनबहादुर शाह ४४०८ मत ल्याई बिजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका समिता महर साउँद ४ हजार २ मत ल्याउनु भयो । हालसम्म जिल्लाका १ नगरपालिका एमाले, १ गाउँपालिका माओवादी केन्द्र तथा १ नगरपालिका र २ गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।

अहिले सम्म अछाममा ३ नगरपालिका र ३ गाँउपालिकाको मतपरिणाम सावैजनिक भैसकेको छ भने १ नगरपालिका र ३ गाँउपालिकाको मतपरिणाम भने सार्वजनिक हुन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।