0 COMMENTS

असार १८ । नयाँ संविधानमा तीन तहका सरकारको परिकल्पना गरिएको छ । त्यसमा पनि सिंहदरवारको अधिकार गाउँमा भन्ने अवधारणाअनुसार स्थानीय सरकार अधिकारसम्पन्न हुने परिकल्पना छ ।तर सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्नेगरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ ।

आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्ने गरी ‘अन्तरसरकारी वित्त व्यवस्थापनसम्बन्धी विधेयक’ मा वित्त आयोगसम्बन्धी विधेयक संसदमा दर्ता भएको हो ।विधेयक हुबहु पारित हुने हो भने स्थानीय तह वित्तीय अधिकारबाट वञ्चित हुने देखिएको छ । संविधानमा तीनै तहले आर्थिक स्रोत वित्त आयोग र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमार्फत गर्ने उल्लेख छ ।सरकारले उक्त विधेयकमार्फत राजस्व असुल गर्ने सम्पूर्ण अधिकार प्रदेश र केन्द्रमा राख्दै स्थानीय सरकारलाई निश्चित प्रतिशत दिने प्रस्ताव गरेको छ ।नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।