0 COMMENTS

दाङ, असार १८ / दाङका दुई उपमहानगरमा एमालेको अग्रता कायम छ । घोराही उपमहानगरपालिकाका एमालेले मेयरमा ३ हजार ७ सय ७ मतले अग्रता लिएको छ ।

एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले १२ हजार ७ सय ४४ र उपमेयरका उम्मेदवार सीता न्यौपानेले १२ हजार ४१ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार भुपबहादुर डाँगीले ९ हजार ३ सय ७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उपमेयरका उम्मेदवार पुष्पा श्रेष्ठले ९ हजार ५ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै तुल्सीपुर उपमहानगरपालिकामा पनि एमाले अगाडि छ । एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डेले ५ हजार ४ सय १३ र उपमेयरका उम्मेदवार माया आचार्यले ४ हजार ६ सय ६४ मत ल्याउनुभएको छ ।कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले ४ हजार ७६ र उपमेयरका उम्मेदवार देवका नेपालीले ४ हजार २ सय २२ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।