0 COMMENTS

कल्पना बोहरा,१७ असाढ, अछाम/बान्नीगढी जैगढ गाउपालिमा नेपाली काँग्रेस विजयी भएको छ । शनिवार राति ९ः०० वजे सार्वजनिक भएको मतपरिणाम अनुसार बान्नीगढी गाउँपालिकामा नेपाली काँग्रेसका र माओवादी गठवन्धनका राजेन्द्र वहादुर खड्का २ हजार ७ सय ९२

मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कमल तिमेल्सेनाले २ हजार ३ सय १९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नपाली काँग्रेस र माओवादी केन्द्रकै लोकेन्द्र साउदले २ हजार ४ सय ३६ प्राप्त गरी विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिद्धन्द्धि एमालेकी निर्मला रावलले २ हजार ३ सय ८१ मत ल्याउनु भएको छ । ६ ओटा वडा रहेको उक्त गाँउपालिकामा वडा नं १,२,३, र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने वडा नं ५ मा नेकपा एमाले र वडा नं ६ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।