0 COMMENTS

दाङ १७असार०७४/ तुल्सीपुरका ब्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ ।हाल प्रहरीले उक्त घटनापछी फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक लाख पुरस्कार दिने घोषणा समेत प्रहरीले गरेको छ ।प्रहरी अनुसधान अनुसार २६ जेठ साँझ साढे ७ बजे पुजाले नै टेलिफोन गरी ब्यापारी श्रेष्ठलाई बोलाएको र त्यसपछि अपहरणमा परेको तथ्य प्रहरीले सर्वजनिक गरेको हो । अपहरणमा संलग्न चार जना पक्राउ परेपनि युवती भने फरार रहेकी छिन् । 

तुलसीपुर उपमहानगरपालीका वडा नं ६ शान्तिनगरकी पुजा घर्तीले ब्यापारी श्रेष्ठलाई ६.४५ मा टेलिफोन गरेकी थिइन । उनकै फोनका आधारमा ब्यापारी श्रेष्ठ आफ्नो निजि सवारी साधन लिएर घरबाट निस्केका थिए । युवतीसँग निजि सवारी साधनमा गइरहेका बेला रमेश भन्ने मनबहादुर पुनमगर, रुगत थापामगर, अविरल महतरा र जमा पुन, र टिकाराम घर्तिले श्रेष्ठलाई अपहरण गरि सल्यान पुरयाएका थिए । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने तीन जना फरार रहेका छन् । फरार हुनेमा युवतीसमेत छिन् ।

सल्यानको छत्रेश्वरी ओडारमा हत्या गरी फालिएका ब्यापारी श्रेष्ठको शव प्रहरीले परिवारलाई बुझाएको छ । ब्यापारी श्रेष्ठको आज अन्त्यष्टि गरिएको छ ।श्राेत एभरीडे खबर 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।